डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश « Khabarhub

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा उम्मेदवारी दिएका डा.अरुण शाहीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । 

रिट निवेदक डा. शाहीको पक्षमा अन्तरिम आदेश जारी भएको हो । न्यायाधीश कृपासुर कार्कीको एकज इजलासले अन्तरिम आदेश दिएको हो । 

संघ निर्वाचन समितिले पुस ५ र पुस ९ गतेको  गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । डा. शाहीले नेपाल चिकित्सक संघको विधान र नियमावली विपरीत समितिले आफ्नो  उम्मेदवारी खारेज गरेको भन्दै रोक्न अन्तरिम आदेश मागेका हुन् । 

अदालतले विपक्षी संघ र निर्वाचन समितिलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ । डा. शाहीका तर्फबाट अधिवक्ताद्वय किशोरकुमार विष्ट र अनुपम विष्ट, वरिष्ठ अधिवक्ताहरू हरि उप्रेती, रमेश बडाल, टीकाराम भट्टराई र भोजराज आचार्यले बहस गरेका थिए ।

प्रक्रिया पूरा गरेर आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुनबाट वञ्चित गरिएको भन्दै डा. शाहीले सुरुमा निर्वाचन समिति समक्ष पुनर्विचारका लागि निवेदन दिएका थिए । 

त्यसको सुनुवाइ नभएको भन्दै उहाँले जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयले रितपूर्वक मनोनयन दर्ता भएको ठहर गर्दै निर्वाचन समितिलाई आफूखुसी नियम बनाउने अधिकार नभएको स्पष्ट पारेको थियो ।

तर समितिले उनको दर्ता खारेजी कायम राख्दै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो । संघको निर्वाचन आगामी माघमा हुँदैछ । उपत्यका बाहिर माघ २ र ३ गते मतदान हुनेछ । काठमाडौं उपत्यकामा माघ १५–१७ गते मतदान गर्ने कार्य तालिका रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ५४ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा