काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी बलियो राजनीतिक शक्तिका रूपमा क्रमशः विस्तारित र सुदृढ बन्दै गएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहकार्यलाई जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्तिको निर्माणतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार उक्त सहकार्यले वैकल्पिक राजनीतिप्रति आम नागरिकको भरोसा थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। पार्टी जनताको विश्वासकै आधारमा अझ सशक्त र सक्षम बन्दै जाने अर्यालको भनाइ छ।
अर्यालले पार्टी एकतालाई मजबुत बनाउन योगदान र त्याग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य र एकतामार्फत राजनीतिक परिवर्तनलाई अघि बढाइने संकेत गरेका छन्। उनको भनाइले पछिल्लो समय देखिएको वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्यलाई थप औपचारिकता दिने संकेतका रूपमा हेरिएको छ।













प्रतिक्रिया