कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल « Khabarhub

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी बलियो राजनीतिक शक्तिका रूपमा क्रमशः विस्तारित र सुदृढ बन्दै गएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहकार्यलाई जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्तिको निर्माणतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार उक्त सहकार्यले वैकल्पिक राजनीतिप्रति आम नागरिकको भरोसा थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। पार्टी जनताको विश्वासकै आधारमा अझ सशक्त र सक्षम बन्दै जाने अर्यालको भनाइ छ।

अर्यालले पार्टी एकतालाई मजबुत बनाउन योगदान र त्याग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य र एकतामार्फत राजनीतिक परिवर्तनलाई अघि बढाइने संकेत गरेका छन्। उनको भनाइले पछिल्लो समय देखिएको वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्यलाई थप औपचारिकता दिने संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १० : ०० बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण