आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ३० तारिख । पौष शुक्ल पक्षको दशमी उपरान्त एकादशी तिथि । तमु ल्होछार, कवि शिरोमणी लेखनाथ जयन्ती, पुत्रदा एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु बढ्नेछन् । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ ।

मिथुन : दिन रमाइलो छ । परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ ।

कर्कट : आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल रहेका छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । मनमा असन्तुष्टि पैदा हुनसक्छ । आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ । समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : बन्धुसँगको कारोबारबाट मनोकामना पूरा हुनेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ ।

वृश्चिक : सोचेका काम बन्नेछन् । शिक्षामा ढिलासुस्ती भए पनि दीर्घकालीन सफलता प्राप्त हुनेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । दिन रमाइलो बन्ने योग छ ।

धनु : मन शान्त बन्नेछ । राजनीतिक संगठनले साथ दिनेछन् । राज्यका निकायमा काम गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । विपक्षीको आवाज सुन्ने बानीको विकास नहुँदा घाटा हुने जोखिम छ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । हरेक काममा बाधा र अड्चन आइलाग्नेछ । सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नसक्छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक क्षेत्रका अभियान्तले तपाईंको मनमा प्रभाव पार्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । नराम्रो शब्द उच्चारण नगर्नु राम्रो हुनेछ ।

मीन : धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नुपर्नेछ । स्वास्थ्यले साथ दिनेछ । निजी तरिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा सम्हालिएर अगाडि बढ्नुपर्नेछ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : १४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध