कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची « Khabarhub

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । 

सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ । बन्द सूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी परेको छ ।   

यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेद्वारी दिन आवेदन दिएका थिए ।

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । 

यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ५१ बजे

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र