कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द « Khabarhub

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

संगठन विस्तार गर्दागर्दै निभ्यो उज्यालो नेपाल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराएपछि पहिचान पक्षधर चिन्तित भएका छन् ।

सोमबार राति उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग सम्झौता गरेर विलय भइसकेका छन् ।

उदाउँदै गरेको उज्यालो नेपाल पार्टीमा विलय भएपछि पूर्वका पहिचानवादीहरू विचल्लीमा परेका छन् । नेता डा. महेन्द्र लावती, डकेन्द्र थेगिम लगायतले यो एकताले पहिचानवादीको मुद्दा र प्रदेशका समस्या समाधान नगर्ने भन्दै स्पष्ट धारणा आउनुपर्ने माग गरेका छन्।

सल्लाह नै नगरी उज्यालो नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएकोप्रति लावती र थेगिमले कडा आपत्ति जनाएका छन् ।

‘राष्ट्रियताको सवालमा एकिन दृष्टिकोण आएको छैन। रास्वपाले प्रदेश नै खारेज गर्नुपर्ने लगायत कुरा गरेको थियो, त्यसमा अझै प्रष्ट धारणा आएको छैन । प्रदेश संरचना राख्नुपर्ने अडान उसको छ। पहिचानबारे नबोलेको पार्टीमा एक्कासि मिसिनुलाई हामीले न्यायचित ठानेका छैनौँ’, इलाम २ मा मुडा लिएर चुनाव लडेका पहिचानवादी डकेन्द्र थेगिमले खबरअबलाई भने, ‘हामी अहिले पार्टी छोड्ने अवस्थामा छैनौँ, तर पहिचान र राष्ट्रियताको सवालमा रास्वपासँग सहमति हुँदा नेतृत्वले कस्तो प्रतिबद्धता गरेको हो, धारणा आउनुपर्छ।’

उनले पूर्व या पश्चिममा होस्, पहिचान मेटाउने क्रियाकलापमा लागेका व्यक्तिहरूसँग सहकार्य नगर्ने बताए । यस विषयमा आगामी बैठकहरुमा आफ्नो अडान राख्ने उनले बताएका छन् ।

लावती र थेगिम पूर्वका विभिन्न जिल्लाहरूमा उज्यालो नेपालको संगठन विस्तारमा छन्। संगठन विस्तारकै क्रममा पार्टी एकीकरण हुँदा आफूहरू आश्चर्यचकित भएको उनले बताए ।

‘हामी त सप्राइज भयौँ, हामीलाई एकचोटि सोध्नुपर्ने थियो, केन्द्रीय समिति बैठकमा यो विषय उठेको मलाई थाहा छैन’, थेगिमले अगाडि भने,‘पार्टीमा सल्लाह, विमर्श र छलफलपछि मात्रै एकीकरण गरेको भए राम्रो हुनेथ्यो। हामी एकताको विपक्षमा गएको होइन, तर आदिवासी जनजातिको अधिकार र हकका लागि पार्टीले कस्तो नीति लिन्छ, यसबारे एकिन धारणा आउनुपर्छ ।’

डा. लावतीलाई आदिवासी जनजातितर्फ रास्वपाले समानुपातिकको सूचीमा राखेको छ। उनी उज्यालो नेपाल पार्टीबाट समानुपातिकमा प्रवेश गरेका हुन् ।

तर उनले रास्वपाको समानुपातिक सूचीमा आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् । लावतीले कुलमान, रवि र बालेनको सात बुँदे सहमतिमा पहिचाको कुनै मुद्दा नसमेटिएकाले आफूहरू त्यता लाग्ने अवस्था नरहेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिकसम्बन्धी मुद्दामा रास्वपाको प्रष्ट धारणा नआएसम्म त्यता प्रवेश नगर्ने पनि उनले बताएका छन् ।

पाँचथरका विकासवादी राप्रपा नेता पदम सुन्दर लावतीका जेठा छोरा डाक्टर लावतीलाई समानुपातिक सूचीमा राखिएकोमा धेरैले व्यङ्ग्य गरेका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ५३ बजे

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न