बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ « Khabarhub

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद रहेको बताएका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलिक बाठै भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद रहेको उनले बताए ।

‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रवि लामिछाने र शाहबीच भएको सम्झौताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ति सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो यो ।’

एमालेको ११ औं महाधिवेशनका सन्देश राजनीतिक निकासका सन्दर्भम मदन आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरूले बाँडे पनि निर्वाचनपछि एमाले कांग्रेसले नै त्यो पद पाउने बताए । ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ, ’ ओलीले भने, ‘एमाले-कांग्रेसबाहेक अरुले सरकार बनाउन सम्भव छ र ?’

अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्थापना हुनुपर्ने बताए । सरकार बनाउने,कसलाई हटाउने,कसलाई राख्ने भन्ने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनले बताए ।

अध्यक्ष ओलीले संसद पुनस्र्थापनाको मुद्धा सर्वोच्च अदालतमा भएको तर यसको फैसला चाँडै आवश्यक रहेको बताए । ‘एउटै मुद्धा वर्षौं बोकेर हिड्न सकिँदैन । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो ’ अध्यक्ष ओलीले भने ‘संसद फर्काएर गरेर मात्रै वर्तमान राजनीतिक संकट हल गर्न सकिन्छ । ’

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ५२ बजे

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने