बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ « Khabarhub

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद रहेको बताएका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलिक बाठै भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद रहेको उनले बताए ।

‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रवि लामिछाने र शाहबीच भएको सम्झौताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ति सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो यो ।’

एमालेको ११ औं महाधिवेशनका सन्देश राजनीतिक निकासका सन्दर्भम मदन आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरूले बाँडे पनि निर्वाचनपछि एमाले कांग्रेसले नै त्यो पद पाउने बताए । ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ, ’ ओलीले भने, ‘एमाले-कांग्रेसबाहेक अरुले सरकार बनाउन सम्भव छ र ?’

अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्थापना हुनुपर्ने बताए । सरकार बनाउने,कसलाई हटाउने,कसलाई राख्ने भन्ने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनले बताए ।

अध्यक्ष ओलीले संसद पुनस्र्थापनाको मुद्धा सर्वोच्च अदालतमा भएको तर यसको फैसला चाँडै आवश्यक रहेको बताए । ‘एउटै मुद्धा वर्षौं बोकेर हिड्न सकिँदैन । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो ’ अध्यक्ष ओलीले भने ‘संसद फर्काएर गरेर मात्रै वर्तमान राजनीतिक संकट हल गर्न सकिन्छ । ’

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ५२ बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।