छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : ४८ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक