‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि… « Khabarhub

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो– ‘झरीपछिको इन्द्रेणी’ । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले भने आफ्नो फिल्म निकै राम्रो बनेको दाबी गर्न छोडेका छैनन् ।

आफ्नो फिल्म निकै राम्रो छ भन्ने सन्देश दिन उनी विभिन्न युट्युब च्यानल बोलाएर अन्तर्वार्ता दिँदै हिडेका छन् । उनीनिकट व्यक्तिहरुले ‘युट्युबमा बोलेर फिल्म चल्दैन’ भनेपछि अहिले केही कम भएको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले सुरुवाती ९ प्रदर्शन दिनमा मात्रै ६२ लाख ६९ हजार व्यापार गरेको छ । यो कमजोर व्यापारबारे उनको तर्क छ- ‘हलले कम शो दिँदा व्यापार कम भयो ।’

पाँडेले केही दिनअघि एउटा युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा ‘रवि दाइ आएर फिल्मलाई बचाइ दिनु पर्‍यो’ भन्दै गुहार मागेका थिए । उनै रवि अर्थात्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले हलमा ‘झरीपछिको इन्द्रेणी’ हेर्न पुगेका छन् ।

आगामी निर्वाचन र आफ्नै व्यक्तिगत किचलोमा परेका रवि त्यसै फिल्म हेर्न भने गएका होइनन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह अहिले रवि नेतृत्वको दलमा छन् । पाँडे बालेन्द्रको विशेष मान्छे भएकाले रवि फिल्म हेरिदिन हलसम्म पुगेको बुझिन्छ ।

बालेन्द्रले पनि यो फिल्मको हाइप बढाउन एक गीत गाएका थिए । तर, आजको दिनसम्म पनि फिल्मको व्यापार उकासिएको छैन ।

पाँडेले अन्तिम कसरतका रुपमा रविलाई हलमा भने पुर्‍याएरै छाडेका छन् । रविले भने फिल्मबारे राम्रै शब्द खर्चिए । सम्मानले बोलाएर देखाएको फिल्मलाई रविले किन नराम्रो भन्थे र ?

रविले त सिक्वेल नै बन्छ जस्तो लागेको प्रतिक्रिया दिए । उनले थपे, ‘सन्देश राम्रो छ । यो एकपटक हेर्नु पर्ने फिल्म हो जस्तो मलाई लाग्छ । पूरा फिल्म हेर्न पाइनँ । आधा हेर्दा पनि राम्रो लाग्यो । हेर्न सिफारिस गर्छु ।’

फिल्मले राम्रो व्यापार नगरेपछि नेता र चर्चित व्यक्तिहरुलाई ल्याएर देखाउने प्रचलन पुरानै हो । उनीहरुले बाध्यात्मक रुपमा राम्रो भन्नुपर्ने जटिलतालाई मेकरहरु प्रचारको अस्त्र बनाएको पाइन्छ । अन्ततः पाँडे पनि यो अभ्यासलाई डेब्यू निर्देशनमै निरन्तरता दिएका छन् ।

अब रविको आह्वानले ‘झरीपछिको इन्द्रेणी’को व्यापारले रफ्तार लिन्छ त ? त्यो भने हेर्न बाँकी छ । न अपवाद नै बन्छ कि, किनभने प्रदर्शनको करिब दुई सातापछि फिल्म उठेको नेपाली इतिहास छैन ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : ४१ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको