शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू) « Khabarhub

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केही दिनदेखि सवारी साधनको लामो लाम लागेको छ । शीतलहरले राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारी साधनहरूको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्ड तर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।

नारायणगढ बुटवल सडकखण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनिएर विकास खनालका अनुसार सडक निर्माण भइरहेको स्थानमा शीतलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ ।

अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सूचना अधिकारी खनालले बताए ।

आयोजनाले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन  नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै  बुटवल जान सक्नेछन् ।

यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरू  काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । सो क्षेत्रमा शीतलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारी साधनहरू सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : २२ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान