आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन् २०२६ जनवरी १ तारिख । अंग्रेजी नयाँ वर्ष । राष्ट्रिय पोसाक दिवस, टोपी दिवस । पुस शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृष : शुभकार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या हुनेछ । दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ । साथीभाइसँगको संगत फलदायी हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कर्कट : मन प्रशन्न हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा उन्नती हुनेछ ।

सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ । स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दाजुभाइसँगको सहकार्य सफल बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । आफन्तलाई खुशी पार्न समस्या हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : दिन सामान्य छ । स्वास्थ्य समस्या देखिने जोखिम छ । यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ । परिवारबाट भने धोका हुने जोखिम छ ।

वृश्चिक : दिन राम्रो छ । हरेक रोगबाट मुक्त हुने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनु : सञ्चित धन खर्च हुनेछ । सानो कुराले मनमा खटपटी बढ्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

मकर : दैनिक काम सहजै बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । लगानीको क्षेत्रमा उत्साह बढ्नेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

कुम्भ : दिन समान्य छ । दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन् । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ ।

मीन : बोलीमा सरस्वतीको बास छ । परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ । गुरुबाट असहयोग हुँदा मन भने दु:खी हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : १७ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ