नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने « Khabarhub

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुस २१ देखि २३ सम्म ट्रफी टुर गर्न लागेको जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई समेटेको हो ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पुस २१ गते आइपुग्नेछ ।

आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ।

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए।

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ।

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ। शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन्।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : १० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण