‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो « Khabarhub

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो ।

पछिल्लो समय र्‍याप गीत सुन्ने स्रोतामाझ ‘हामी यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय थियो ।  टिकटकमा समेत भिटेनले गाएको यो गीत लोकप्रिय बनेको थियो ।

भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बिहीबार झम्सीखेलबाट भिटेनलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सामाजिक विकृतिलाई मलजल गर्ने गीत भएका कारण पक्राउ गरेको बताएका छन् ।

यता र्‍यापरहरुले भने फ्री भिटेन अभियान चलाएका छन् । सामाजिक सञ्जालमा समेत कलामाथि अंकुश लगाउन खोजेको भन्दै विरोध भएको छ ।

प्रहरीले यसअघि दुर्गेश थापालाई पनि सामाजिक सद्भाव खलबलाउने गीत गाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।  गायक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा गाँजा सेवन गर्न प्रेरित गरेको भन्दै गीत हटाउन लगाइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ३० बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले