काठमाडौँ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
डा. केसीलाई लिन हेलिकप्टर काठमाडौँबाट इलामतर्फ गएको छ । उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइने इलाम अस्पतालले जनाएको छ ।
डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्। केसी टाइप–२ मधुमेहका बिरामी हुन् ।
गत बिहीबार २५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार राति उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया