विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए « Khabarhub

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्न काभ्रेको धुलिखेल पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शुक्रबार बिहान काठमाडौं फर्किएका छन् ।

सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएपछि उनी बिहानै काठमाडौं फर्किका हुन् ।

काठमाडौं फर्किएका महामन्त्री थापाले शुक्रबार पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग छलफल गर्दैछन् । विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेसहितले शुक्रबार नै पत्रकार सम्मेलन गर्ने अब कुनै विकल्प नरहेको बताइसकेका छन् ।

थापा केही दिन धुलिखेल बसेर विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्न लागेका थिए । उनी बिहीबार साँझ धुलिखेल पुगेका थिए ।

सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी कार्यसम्पादन समिति बैठक राखेका छन् ।

महामन्त्री थापा पहिले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गरेपछि मात्रै कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने छन् ।

बिहीबार साँझ सभापति देउवाले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि महाराजगञ्जमा डाकेका थिए । महामन्त्रीद्वय उक्त छलफलमा गएनन् ।

बरू पन्ध्रौँ महाधिवेशनको कार्यतालिका रोकेर थापा र शर्माले विशेष महाधिवेशनको तयारी थालेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ११ बजे

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई