राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जग्गा भाँडामा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रममा उत्साहका साथ कृषक सहभागी भएका छन् । 

गाउँपालिकाले लागू गरेको ‘स्वरोजगारका लागि युवा लक्षित करारखेती’ कार्यक्रममार्फत ३२ जना कृषकले करिब २८ बिघा क्षेत्रफल जमिन भाडामा लिई अहिले विभिन्न खेती गरिरहेका छन् । 

आफ्नै जग्गा नभएका तर कृषि पेसामा संलग्न हुन चाहने युवालाई कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । यसका लागि कृषकले न्यूनतम पाँच कठ्ठादेखि अधिकतम एक बिघासम्म जग्गा भाँडामा लिएर खेती गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । 

एक वर्षको बालीका लागि कम्तीमा तीन वर्ष र बहुवर्षीय बालीका लागि १५ वर्षको करार सम्झौता अनिवार्य गरिएको अध्यक्ष विष्टले जानकारी दिए । ‘यो कार्यक्रमले दीर्घकालीन कृषि लगानीलाई प्रोत्साहन गरेको छ । बेरोजगार युवालाई स्वदेशमा कृषिमार्फत रोजगारी सिर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने । 

अध्यक्ष विष्टका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको हो । कार्यक्रमअन्तर्गत एक वर्षमा कम्तीमा दुई नगदेबाली खेती गरेको हुनुपर्ने शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।

उनका अनुसार छनोट भएका कृषकले पहिलो वर्ष जग्गा भाडाको शतप्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म अनुदान प्राप्त गर्ने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ५० बजे

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ– सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ

के कांग्रेस फुट्न लागेकै हो ?

काठमाडौं– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशन

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन

प्रभास–त्रिप्ती जोडीको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक सार्वजनिक

काठमाडौं– बलिउड निर्देशक संदीप रेड्डी वाङ्गा र अभिनेता प्रभासको पहिलो

जेन-जी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको