संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित « Khabarhub

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् ।

तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको थियो । दादुराका केसहरू ४४ वटा क्षेत्रहरूमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकहरूमा पनि सङ्क्रमण देखिएको थियो ।

सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो । पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोरहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् । यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ ।

सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको घोषणा गरिएको थियो । तर पछिल्लो समय बढ्दो प्रकोपका कारण विशेषज्ञहरूले अमेरिका आफ्नो निर्मूल स्थिति गुमाउन सक्ने चेतावनी दिएका छन् ।

छिमेकी देश क्यानडाले सन् २०२५ को नोभेम्बरमा दादुरा निर्मूल स्थिति गुमाइसकेको छ, जसले अमेरिकामा पनि चिन्ता बढाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ३३ बजे

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८