काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र « Khabarhub

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । 

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७२६, महिला ८१ हजार ७८४ र अन्य एक मतदाता रहेका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाको १३ स्थानीय तहमा १३५ वडा छन् । 

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा १९० मतदान केन्द्र तथा ३८९ मतदान केन्द्र कायम गरिएका थिए ।
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : ५४ बजे

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म