औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस् « Khabarhub

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो । 

‘ब्याच नं ‘बिबी-२४००१’ को औषधि बजारबाट फिर्ता गर्न भनिएको हो । यो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । उक्त औषधि ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ,’ विभागले भनेको छ । 

राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ । 
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : ५७ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना