विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल « Khabarhub

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । 

जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभामा शुक्रबार उनले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् । 

मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताए ।

उनले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री कँडेलले राजनीतिक दललाई तर्साएर कसैलाई फाइदा नहुने भन्दै विकासका लागि नयाँ पुराना सबैले सहकार्य गर्नुपर्ने धारणा राखे । अब विकास निर्माणका काम सही ढङ्गबाट अगाडि बढाउन सही मान्छेलाई निर्वाचित गर्नुपर्नेमा उनको जोड थियो ।  
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ५५ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको