कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने « Khabarhub

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा आज सर्वपक्षीय छलफल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न दलहरूसँगको समन्वय बैठकमा निर्वाचनमा सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइ भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

राजनीतिक दलबाट हुने जनप्रदर्शन, आमसभालगायत कार्यक्रम आयोजना हुने स्थानसँग सम्बन्धित स्थानीय तहबाट अनुमति लिई गृह मन्त्रालयबाट प्राप्त परिपत्रबमोजिमको फारम भरी सुरक्षा व्यवस्थापनका लागि अग्रिम रूपमा जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउने निर्णय गरिएको छ ।

राजनीतिक दलहरूले जनप्रदर्शन, आमसभालगायत कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रम स्थल नजुध्नेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

निजी क्षेत्रका व्यापारिक संस्थाहरू समेतबाट समयसमयमा ध्यानाकर्षण गराइरहेको साथै यातायात व्यवस्थापनसमेतलाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई प्रतिकूल प्रभाव पार्न सक्नेगरी चिप्लेढुङ्गा, महेन्द्रपुललगायत मुख्य व्यापारिकस्थल तथा बजारक्षेत्रका चोक र सडक अवरुद्ध हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने भनिएको छ ।

जिल्लाभित्र आयोजना गरिने सभा समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदलगायत अन्य कार्यक्रम स्थानीय तहको कार्यक्रम सञ्चालन अनुमति (स्वीकृति) लिएर मात्र गर्ने पूर्ववत् व्यवस्थालाई निरन्तरता दिई सुरक्षा प्रबन्ध मिलाउने भनिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ३८ बजे

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

सियोल – दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक

यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको