काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका छन् ।
काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्रै ४२ दिन लगाएका यो फिल्मको सुटिङ गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्देशक श्रेष्ठका अनुसार फिल्ममा समावेश हुने दुई गीतको छायाङ्कन भने बाँकी रहेको छ ।
कीर्तिपुरका एक युवाको कथामा यो फिल्म बनेको निर्देशक श्रेष्ठले बताए । उक्त युवाको ‘बब डाई’को भूमिकामा सौगात मल्लले निर्वाह गरेका छन् ।
नेवारी भाषामा दाइलाई ‘दाई’ भनिने भएकाले यो फिल्मको नाम ‘बब डाई’ राखिएको उनले बताए ।
यो फिल्मको नायिकामा सिम्रन पन्त छिन् । उनी ‘होस्टल ३’मा चर्चामा आएकी नायिका हुन् । त्यस यता उनी विभिन्न फिल्ममा अनुबन्ध भएकी छन् ।
फिल्ममा उनीहरुसहित विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौसासिया, कुशल पोखरेल, यमन श्रेष्ठलगायतको अभिनय रहेने बताइएको छ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्ट र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा बन्ने यस फिल्मको मैनिषा गौचन र प्रवीण श्रेष्ठले लेखेका हुन् । निर्माताहरु राजेश घिमिरे, रोशन भट्टराई र सुनील मानन्धर निर्माता हुन् ।













प्रतिक्रिया