विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार « Khabarhub

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ । 

तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीको  सहभागिता थियो ।

विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन् । कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरीलगायतका परिकार तयार पारेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गरेका थिए  । कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राइ मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिकेको बताए ।

त्यसैगरी,  कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गरेका थिए । विद्यालयका सबै विद्यार्थीले फुडफेस्टिभलमा कुनै न कुनै परिकार बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थी बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्री बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे ।
 
कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । ४४ वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रम विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यावहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । ‘फुड फेस्टिबल’ कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता थियो । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : २६ बजे

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले