काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा « Khabarhub

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

महानगरले आगामी माघदेखि  ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो ।

महानगरका चिकित्सक डा दिवस न्यौपानेले सुरुमा स्टाफ नर्सले घरमा पुगी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र आवश्यक परेको खण्डमा चिकित्सक गएर ती ज्येष्ठ नागरिकको उपचार गर्ने बताए । 

‘३२ वटै वडामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले आआफ्नो ठाउँमा रहेका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्य रिर्पोट तयार पार्दछन् । त्यही बेला नै उच्च रक्तचाप, मधुमेहलगायत सामान्य परीक्षण गर्ने छन्’, उनले भने, ‘सोही आधारमा ती नागरिकको रोग पत्ता लगाइसकेपछि चिकित्सकले उपचार गर्ने र आवश्यक अन्य उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गरिने छ ।’

महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि तालिम दिइसकेको विभागमा प्रमुख केसीले जानकारी दिए । 

‘हामीले सबै वडाका स्टाफ नर्सलाई तालिम दिइसकेका छौँ । अब सम्बन्धित वडाका वडाध्यक्ष र केन्द्रका इञ्चार्जसँगको छलफलपछि हामीले ती ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न घरघरमा जान्छौँ’, उनले भने । महानगरमा ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन् । 
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ३८ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको