काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१ जना यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो ।
जहाज रन वेबाट चिप्लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए ।












प्रतिक्रिया