क्यानको वार्षिक खेल तालिका सार्वजनिक « Khabarhub

क्यानको वार्षिक खेल तालिका सार्वजनिक


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सन् २०२६ मा घरेलु स्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेटका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुने क्यानले जनाएको छ ।

त्यस्तै युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गर्ने जनाएको छ । 

अन्तर्राष्ट्रिय आईसीसी टी–२० विश्वकप, यू–१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता, तथा एसिया कपमा प्रतिस्पर्धा हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए  ।

उनले घरेलु क्रिकेट खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि बिभिन्न प्रतियोगिता आयोजना गरिएको बताए । खड्काले टेस्ट मान्यता राष्ट्रसंग खेल्नका लागि क्यानले प्रस्ताव अघि बढाएको जानकारी दिए ।

क्यानले क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने जनाएको छ । अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करण आयोजना हुने क्यानको क्यालेन्डरमा समावेश गरिएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ३ : ०५ बजे

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका