कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी « Khabarhub

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । त्यसका लागि नीतिगत तथा कानुनी कामहरू भइरहेको प्रदेश सरकारले जनाएको छ ।

कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो । प्रदेश सरकारका साथै जिल्लास्थित स्थानीय र सङ्घ सरकारबाट पनि स्याउ विकास बोर्ड गठनका लागि सहायक कामहरू भइरहेका छन् । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत जिल्लाहरूमा काम भइरहेको जनाइएको छ । आयातित स्याउलाई विस्थापित गरेर कर्णालीकै स्याउले बजार पाउने सुनिश्चित गर्ने प्रदेश सरकारले बताउँदै आएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी माघदेखि सञ्चालन हुने प्रदेश सभाको हिउँदे अधिवेशनमा पेस गर्ने गरी बोर्ड गठनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरिरहेको छ । 

बोर्डको विधेयकको मस्यौदा तयार भइरहेको र जिल्लाका कृषकहरूसँग आवश्यक विवरण माग गर्नेलगायतका काम भइरहेको मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले जानकारी दिए । 

जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा ठूलो परिमाणमा स्याउ उत्पादन हुने गरेको छ । सरकारले बोर्डको कार्यालय सबै जिल्लालाई पायक पर्ने गरी जुम्लामा राख्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । कर्णालीमा तीन हजार ८० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने भए पनि हाल दुई हजारभन्दा बढी हेक्टरमा स्याउखेती हुँदै आएको छ । 

ह्रासोन्मुख बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तलाखेतीलाई विशेष कार्यक्रमका रूपमा कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा रु १४ करोड बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : १२ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको