नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु « Khabarhub

नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरु भएको छ । जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ । टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ । 

चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ । घोडाघोडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिँदै आइएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिए । उनका अनुसार गणनापछि उनीहरूको अवस्था र चुनौती पत्ता लगाइनेछ । 

चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिए । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी रहेको बताए । 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति भएकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए ।

उनले भने, ‘घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै  जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।’

चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए । वर्ड स्याङ्क्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । 

घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउछन् । 

चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २२ सयको हाराहारी जलपंक्षी रहेकामा त्यो सङ्ख्या गत वर्ष ११ सयमा समेटिएको बताए । 

‘घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,’ अध्यक्ष चौधरीले बताए । 

घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ३ : ४९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी