भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति एमाले महासचिवको आपत्ति « Khabarhub

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति एमाले महासचिवको आपत्ति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कठमाडौं – भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

यो विषयले अमेरिकी समाजमै गम्भीर बहस सिर्जना हुने भन्दै सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।’

महासचिव पोखरेलले अमेरिकाको यो कदम राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन् । यो कदमले राष्ट्रसंघको औचित्य नै समाप्त पार्ने भएकाले यो विषय स्वीकार्य हुन नसक्ने उनले प्रष्ट पारेका छन्।

‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो’, उनले लेखेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।’

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : १४ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा