भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी « Khabarhub

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

अमेरिकाले सरकार चलाउने ट्रम्पको भनाइ


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् ।

अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी हुन् ।

रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको थियो ।

शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रण लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अब भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने बताएका छन्।

५७ वर्षीया डेल्सी अधिवक्ता हुन् । मादुरो सरकारकी विश्वास पात्र उनलाई अनुभवी राजनीतिज्ञको रुपमा चिन्छन्। उनीसँग सञ्चार, विदेशमन्त्रीको भएको अनुभव छ ।

सन् २०१८ मा उनी त्यहाँको उपराष्ट्रपति नियुक्त भएकी हुन् । एक वर्ष अगाडि मात्र उनलाई तेल मन्त्रालयको जिम्मेवारीसमेत दिइएको थियो । अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी हस्तक्षेपको उनले कडा शब्दमा विरोध गरेकी छन्।

डेल्सी रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकूकी छोरी हुन् । उनका बुवा जर्ज एन्टोनियो रोड्रिगेज भेनेजुएलाका वामपन्थी गुरिल्ला लडाकू थिए। उनले बुवाको योगदानकै आधारमा राजनीतिमा होमिने अवसर पाएकी थिइन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ५० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले