उर्जामन्त्री पुन जापानी राजदूतबीच भेटवार्ता, उर्जा संयन्त्र बनाउने विषयमा छलफल | Khabarhub Khabarhub

उर्जामन्त्री पुन जापानी राजदूतबीच भेटवार्ता, उर्जा संयन्त्र बनाउने विषयमा छलफल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतीलाई अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताए ।

उनले जापान नेपालको पुरानो र विश्वासिलो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्धिपक्षिय भ्रमण जारी रहने विश्वास व्यक्त गरे ।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसंग उर्जा समझदारीमा हस्ताक्षर गर्नेमा छलफल भएको भन्दै त्यसको प्रगतीबारे पनि उनले राजदूतसंग छलफल गरे ।

त्यसका साथै सिंचाई र कृषीको क्षेत्रमा समेत जापानी सहयोग मिल्ने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूतले कृषी र सिंचाईको क्षेत्रमा सहयोग गर्न आफुहरु इच्छुक रहेको धारणा राखे ।

उनले नलसिंङ जलविद्युत आयोजनालाई अघि बढाउने विषय जापानले पनि प्राथमिकतामा राखेको भन्दै चांडै सुखद खवर प्राप्त हुने र उर्जा क्षेत्रमा सहकार्य गर्नेमा पनि चांडै प्रगती हासिल हुने जानकारी दिए ।

भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिकोको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : ३७ बजे

पल ‘महाराजधिराज’ बाट निक्लिए कि निकालिए ?

काठमाडौं – नायक पल शाह फिल्म ‘महाराजधिराज’ बाट बाहिरिएका छन्

तीन दलको सहमति : गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा

बिरामीको विश्वास जित्दै बाजुरा अस्पताल, दिन थाल्यो शल्यक्रियाबाटै प्रसूति सेवा 

धनगढी– दुर्गमका अस्पताललाई रिफर सेन्टरको आरोप लाग्छ । ती अस्पतालको काम

कास्की कांग्रेसको चिन्तन : पोखरा कस्तो बनाउने

पोखरा– सुन्दर र पर्यटकीय नगरीका रूपमा परिचित छ पोखरा । प्राकृतिक

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

काठमाडौं– प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु