दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल एकल सिफारिस « Khabarhub

दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल एकल सिफारिस


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्वर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।

यो महासचिव पोखरेलको गृह क्षेत्र हो । यसअघि २०७९ को निर्वाचनमा पोखरेल थोरै मतले पराजित भएका थिए।

दाङ क्षेत्र नम्बर २ मा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए । २०७९ मा विजयी शर्माको नाम नेकपाले सिफारिस नगर्दा पोखरेल भने एकल सिफारिसमा परेका हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ०१ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान