आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २१ गते सोमबार तदनुसार सन् २०२६ जनवरी ५ तारिख ।  माघ कृष्ण पक्षको द्वितीया तिथि । गुरु गोविन्द सिंह जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ ।

वृष : दिन राम्रो छ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ । साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन् । राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ ।

कर्कट : दिन सहज भए पनि मनमा खटपटी बढ्नेछ । संकटमा तपाईंलाई साथ दिने साथी धेरै छन् । आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ ।

सिंह : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ ।   मनमा नराम्रो सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग झुकेर काम गर्दा फाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । आजको निर्णय दीर्घकालीन बन्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । आफू ठुलो र अरुलाई सानो सम्झिने बानीले घाटा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ ।  शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुन्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्ने समय छ । जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ । सानो कुराले मन भने चञ्चल हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

धनु : दिन सामान्य छ । मन अशान्त बन्नेछ । समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिने दिने छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

मकर : शिक्षामा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्दा  मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ ।

कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । डुब्न लागानी उठाउन कठोर श्रम गर्नुपर्ने देखिन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : दिन सहज छ । परिवारको सुझाव लिएर अगाडि बढेमा फाइदा होला । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा