रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा  « Khabarhub

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा 


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो (आइतबार) राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु ।’

उनले आफू सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने काममा लाग्ने समेत बताएका छन् ।

पाँडेसँगै रास्वपामा बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, गायिका त्रिशाला गुरुङ, अभियन्ता डा. महेन्द्र लावती र पर्वतारोही टासी शेर्पाले नाम फिर्ताको घोषणा गरेका थिए ।

निर्वाचन आयोगले आजदेखि पुस २७ गतेसम्म उम्मेदवारीमा रहेको त्रुटी सच्याउन समय दिएको छ । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ५७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६