भारतीय विधानसभा चुनाव– महाराष्ट्रमा आठ र हरियाणामा सात मन्त्री पराजित | Khabarhub Khabarhub

भारतीय विधानसभा चुनाव– महाराष्ट्रमा आठ र हरियाणामा सात मन्त्री पराजित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावमा बीजेपीले सबैभन्दा धेरै सीट जितेको छ । तर यी राज्यमा सत्तारुढ रहेको बीजेपी सरकारका धेरै मन्त्रीले हारको सामना गर्नु परेको छ ।

महाराष्ट्रको देवेन्द्र फडवीस सरकारमा मन्त्री रहेका आठ जनाले विधानसभाको चुनावमा हार्दा हरियाणाका मनोहर लाल खट्टर सरकारका सात मन्त्री पराजित भएका छन् ।

महाराष्ट्रका कृषी मन्त्री अलि बोडेले चुनाव हारेका छन् ।

यसका साथै महाराष्ट्रमा पार्टी फेरेर बीजेपीमा आएका १९ मध्ये ११ उम्मेदवारले चुनाव हारेका छन् ।

त्यस्तै हरियाणामा मन्त्रीले मात्र चुनाव हारेका छैनन् । त्यहाँ बीजेपीका प्रदेश अध्यक्ष सुभाष बरालाले पनि चुनाव हारेका छन् ।

हरियाणा र महाराष्ट्र विधानसभा चुनावको परिणाममा बीजेपी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ तर उसले हरियाणामा बहुमत नपाउने देखिएको छ ।

तर बीजेपी महाराष्ट्रमा आफ्नो सहयोगी दल शिवसेनाका साथ मिलेर सरकार बनाउन सक्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार हरियाणामा बीजेपीले ४० सीट जितेको छ जबकी कांग्रेसले ३१ जननायक जनता पार्टीले १० सीट जितेको छ ।
हरियाणामा ९० विधानसभा सीट छ र बहुमतका लागि ४६ सीट आवश्यक पर्छ ।

यता महाराष्ट्रमा बीजेपीले १०५, शिवसेनाले ५६, एनसीपीले ५४ र कांग्रेसले ४४ सीटम जीत हात पारेका छन् ।

महाराष्ट्रमा २२८ सीट छ र बहुमतका लागि १४५ सीटको आवश्यकता पर्छ । यस हिसावमा बीजेपी र शिवसेनाले सहजिलै महाराष्ट्रमा सरकार बनाउन सक्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २५ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार