स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने « Khabarhub

स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ भएको जेन-जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाउने आदेश फुकुवा गरेको छ।

आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले सोमबार विज्ञप्तिमा निकालेर अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीसँग सोधपुछ पूरा भइसकेकाले रोक लगाउने निर्णयको औचित्य सकिएको बताएका हुन् ।

उक्त निर्णयसँगै अब ओलीले भक्तपुरको गुण्डू छाडेर देशका अन्य जिल्ला जान पाउने भएका छन् । यससँगै अब ओलीलाई पार्टीको अभियान लिएर देशका अन्य जिल्लामा पुग्न पनि अनुमति मिलेको छ।

उनलाई अब विदेश भ्रमणको बाटो पनि खुलेको छ। ओलीले स्थानहदमा राखेर फागुन २१ को चुनावमा जान नसकिने अडान राखिरहेका थिए।

तर आयोगको टोलीले गुण्डूमै ओलीको बयान लिएको थियो । ओलीले लिखित बयान दिएसँगै स्थानहद पनि फुकुवा गरिएको हो । यससँगै स्थानहदमा राखिएका सबै नेता र कर्मचारीमाथिको अनुसन्धान पनि सकिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ४६ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा