विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक « Khabarhub

विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभाजनको आशंकाबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपरको सानेपामा सोमबार दिउँसो सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो यो बैठक सुरू भएको हो । बैठकमा आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुने एक नेताले बताएका छन् ।

अर्कातिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेका लागि डाकेको विशेष महाधिवेशनलाई लिएर पनि कुरा हुँदैछ ।

सभापति शेरबहादुर देउवाले यसअघिको कार्यसम्पादन समिति बैठकमार्फत् विशेष महाधिवेशनलाई खारेज गरिसकेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् देउवाले आगामी वैशाख २८ गतेदेखि नियमित पन्ध्रौँ महाधिवेशनको निर्णय गराइसकेका छन् ।

तर उता महामन्त्रीद्वयले कुनै हालतमा विशेष महाधिवेशन हुने अडान राखेका छन् । उनीहरुले पार्टी विधानको धारा १७ (२) अनुसार विधान महाधिवेशन बाध्यकारी रहेको अडान राखेसँगै कार्यसम्पादन समिति बसेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : ५४ बजे

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न