हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ « Khabarhub

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई गाउँपालिका–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र सोइ गाउँपालिका–८, माम्खाका ३० वर्षीय  अशोक भुजेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

सिद्धिचरण नगरपालिका–४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको गत असोज २६ गते राति घरमै हत्या गरिएको थियो । हत्यामा संलग्नहरू गरगहना र नगदसमेत लुटेर फरार भएका थिए । 

यसैगरी चिशङ्खुगढी–६, भदौरेमा यही पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरिएको थियो । उनीहरूको हत्या गरी रु एक लाख, सुनको गहना दुई तोला  लुटपाट गरी हत्यारा फरार भएका थिए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान