नेपालमा ल्याइयो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी « Khabarhub

नेपालमा ल्याइयो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी नेपाल ल्याइएको छ ।  

टी–२० विश्वकपको ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको ट्रफीलाई सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेका छन् । 

सो क्रममा राष्ट्रपति पौडेलले टि–२० विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको बताए ।

क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको धारणा राखे । 

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ ।

नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे । 

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : २० बजे

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

काठमाडौं– काठमाडौं महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा

भोजपुर सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान (तस्बिरहरू)

काठमाडौं– भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं– नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल– जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका किसान शङ्खलाल थोकर विदेशबाट फर्केपछि