ट्रकको ठक्करबाट एक महिलाको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवाा–११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो । 

लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी ठाकुरलाई ठक्कर दिएको हो । 

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : २६ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले