राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल तीव्र बनाएको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनमा अन्यदलसंग तालमेल गर्नेबारे छलफल भएको हो । 

तालमेलका विषयमा एमालेसहित अन्य दलसँग छलफल गरेर कार्यसम्पादन समिति मंगलबार पुनः बस्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेलका लागि पार्टीमा छलफल भए पनि प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे छलफल नभएको उनले बताए । 

बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ३३ बजे

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत