रास्वपाको समानुपातिक सूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए « Khabarhub

रास्वपाको समानुपातिक सूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा समावेश मिलन लिम्बूले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।

फागुन २१ को चुनावका लागि आदिवासी जनजाति क्लस्टर अन्तर्गत ६ नम्बरमा रहेका लिम्बूले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनी इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङसँग पराजित भएका नेता हुन् ।

उनले पार्टीले संविधानले सुनिश्चित गरेको समानुपातिक र समावेशी प्रणालीप्रति लिएको प्रतिबद्धताका आधारमा पार्टी नेतृत्वसँगको सल्लाहमै उम्मेदवारी दिएको उल्लेख गरेका छन्।

तर पार्टी एकता र ध्रुवीकरणको वर्तमान चरणमा एकताबाट आएकाहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष रहेको भन्दै त्यसलाई बुझेर नाम फिर्ता लिने निर्णय लिएको उनले बताएका छन्।

लिम्बूले बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका सदस्य, नेता तथा कार्यकर्ताको भावनामा परेको प्रभावलाई आत्मसात् गर्दै पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मानका लागि यो निर्णय गरिएको स्पष्ट पारेका छन्।

उनले राजनीति व्यक्तिगत अवसर वा पदको खोजी मात्र नभई विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावनालाई समेट्दै अघि बढ्ने साझा अभियान भएको उल्लेख गर्दै त्यही यात्रामा आफू अघि बढिरहेको बताए।

समानुपातिक उम्मेदवार चयनका क्रममा प्राइमरी कलेक्सनबाट अत्यधिक मत दिएर विश्वास व्यक्त गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : २९ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका