केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ « Khabarhub

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल र नेताहरूलाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई सुझाएका छन् ।

यो समय नयाँ नेपालको नक्सा कोर्नुपर्ने भएको बताउँदै पुराना दलका नेता र कार्यकर्तालाई कटाक्ष गरेर बसिरहन नहुने उनले उल्लेख गरे ।

पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा लामिछानेले अपदस्थ भएकाहरुलाई मानमर्दन गरेर समय खेर नफ्याँक्न पनि भने ।

‘अहिले हामी फरक जिम्मेवारी र भूमिकामा छौँ । मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएकाले पुराना दल र तिनका नेता-कार्यकर्तालाई कटाक्ष गर्न बन्द गरौँ’, उनले भने, ‘हामीले अब नयाँ नेपालको नक्सा कोर्नुपर्छ । समृद्धिको बाटो पहिल्याउँदै अघि बढ्नुपर्छ ।’

उनले अब आफूहरूले कल्पना गरेको समाजको चित्र कोर्ने बेला आएको बताए । ‘हामी त्यतातिर लाग्नुपर्छ। हामी शक्तिशाली हुँदैमा अपदस्थ भएकालाई मानमर्दन गर्ने कुराबा अब हामीले आफूलाई बाहिर निकाल्नुपर्छ’, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५१ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित