क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी « Khabarhub

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । 

बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

‘हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखा परेको छैन’, उनले भने, ‘दुर्घटना स्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।’

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।

बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । 

‘बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो गएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुनसक्छ’, कँडेलले भने । 
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ३९ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच