नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू) « Khabarhub

नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू)


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै दुर्लभ एक सिंगे गैँडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ ।

सन् २०२१ मा नेपालमा भएको गैँडा गणनामा चितवनमा ६९४ गैँडा थिए । देशभर गरे ७५२ गैँडाको गणना भएको थियो ।

नेपालले सन् २०३० सम्म गैँडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् ।
यद्यपि, केही समयदेखि गैँडा मर्ने क्रम बढेकोले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन ।

यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैँडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैँडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । 

त्यसबीच प्रकृतिमा रम्दै भाले र पोथी गैंडाबीच प्रजनन क्रिया सम्पन्न भयो। करिब दुई घण्टासम्म चलेको प्रजनन प्रक्रियाको दुर्लभ तस्बिरहरू नेपालको गैँडा बढाउन गरिँदै आएका प्रयासको साक्षी बन्न सक्छ ।

नेपालमा सन् २०२१ पछि गैँडा गणना भएको छैन। पछिल्लो समय नेपालमा गैँडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ ।   

 तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ५५ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर