अरू पछि हट्दा प्रकाश सपूतलाई समानुपातिकको लोभ, भन्छन्– म यसमै ठीक छु « Khabarhub

अरू पछि हट्दा प्रकाश सपूतलाई समानुपातिकको लोभ, भन्छन्– म यसमै ठीक छु


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा उम्मेदवारको सूचीमा रहेका चर्चित अनुहारहरूले धमाधम नाम फिर्ता लिँदा पनि प्रकाश सपूत भने मौन छन् ।

आशिफ शाह र डा. त्रिसला गुरुङ जस्ता रंग क्षेत्रका व्यक्तिहरूले समानुपातिक सूचीबाट नाम फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।

पिछडिएका वर्गलाई अवसर दिने समानुपातिक व्यवस्थाको मर्मविरुद्ध उम्मेदवार अघि सारिएको टिप्पणी र आलोचना भएपछि उनीहरूले नाम फिर्ता लिए । तर, त्यही सूचीमा मिसिएका प्रकाश भने अहिले पनि चुपचाप छन् ।

कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीको प्रशंसा गरेर सामाजिक सञ्जालमा निशाना बनेका प्रकाश दलित कलस्टरको एक नम्बरमा रास्वपाबाट सिफारिस भएका छन् ।

तर उनी गायन कलाबाटै राज्य सत्ता हल्लाउने क्षमता भएका कलाकार हुन् । विगतका उनकै रचनाले त्यो कुरालाई पुष्टि गरिसकेका छन् । गायनबाट स्थापित सेलेब्रिटी उनी पिछडिएको दलितहरूका लागि छुट्याइएको समाानुपातिकमा बसेका छन् ।

पिछडिएका दलितहरूका लागि निर्धारित यो कोटमा प्रकाश जस्तो गायन क्षेत्रमै उच्च प्रोफाइल बनाइसकेका व्यक्ति समानुपातिकमा बस्नुलाई यो व्यवस्थाको दुरुपयोग भएको टिप्पणी गर्नेहरू पनि छन् ।

अरूलाई अवसर नदिई आफैं त्यो सूचीमा बसेकोबारे प्रकाशलाई सोध्दा भन्छन्, ‘म समानुपातिक सूचीको जुन स्थानमा छु, त्यहीँ ठीक छु।’

प्रत्यक्ष चुनावमा लड्नुको साटो संसद्मा छिर्ने सजिलो बाटो अपनाएकाका उनलाई नाम किन फिर्ता नलिने ? भन्ने प्रश्नमा कूटनीतिक जवाफ दिए । भने, ‘सल्लाह गर्नै बाँकी छ ।’

रास्वपा प्रकाश जस्तै जनस्तर, भेदभाव र कुरीतिबाट माथि उठेसकेकाहरूलाई समानुपातिक सूचीमा समावेश गरेकै कारण चर्को विवादको घानमा परेको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ४६ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी