सामाजिक सुरक्षा कार्यक्रमले लगानीको वातावरण विथोलिदै : विश्व बैक « Khabarhub

सामाजिक सुरक्षा कार्यक्रमले लगानीको वातावरण विथोलिदै : विश्व बैक


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षदेखि सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रमले रोजगारदाता कम्पनी कम्पनीमा दुविधा उत्पन्न गराएको विश्व बैकको (डुइङ विजनेस) प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्व बैंकले संसारभरका देशमा व्यवसाय गर्ने वातावरण (डुइङ विजनेस) प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विषेश महत्वमा सञ्चालनमा आएको सामाजिक सुरक्षा कार्यक्रमप्रति विश्व बैंक भने लगानी गर्ने वातावरणमा असर पुराएको भन्दै प्रश्न उठाएको छ ।

सरकारले रोजगारदाता कम्पनी र प्रतिष्ठानलाई कोषका स्किममा सूचीकृत पार्न बाध्य पार्न थालेपछि व्यवसाय गर्ने वातावरणमा प्रश्न उठन थालेको प्रतिवेदनमा भनिएको छ ।

कोषमा अनिवार्य सूचिकृत हुन सरकारले बाध्यत बनाउन थालेपछि धेरै व्यवसाय उद्योग र पेशा नै छाड्ने स्थीतमा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यो वर्ष अवस्था सुधार गर्दै ९४औं स्थानमा उक्लिएको प्रतिवेदनमा भनिएको छ । नेपाल एक वर्षमा १६ स्थान माथि आएको छ ।

विश्व बैंकले विभिन्न १२ वटा मापदण्ड बनाएर व्यावसायिक वातावरणको अवस्था यकिन गर्छ । यी मापदण्डमा व्यवसाय सुरू गर्न चाहिने प्रक्रियालाई बैकको प्रतिवेदनमा समेटिने गरेको छ ।

गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यो वर्ष अवस्था सुधार गर्दै ९४औं स्थानमा आएको बैकको प्रतिवदेनमा जनाइएको छ । प्रतिवेदनमा नेपालमा व्यवसाय गर्न कर्जा पाउने अवस्थामा सुधार भएको, नेपालबाट अन्य देशहरूमा व्यापार गर्न सकिने वातावरण निमार्ण हुँदै गएको सकारात्मक पक्ष उल्लेख गरिएको छ । यस्तै, दक्षिण एसियामा नेपालको अवस्था भने राम्रै देखिएको छ । नेपालभन्दा अगाडि भारत ६३ औं स्थानमा र भुटान ८९ स्थानमा छ । यस्तै, अफगानिस्थान १ सय ७३औं स्थानमा, बंगलादेश १६८औं स्थानमा, माल्दिभ्स १४७ औं स्थानमा, पाकिस्तान १०८ औं स्थानमा र श्रीलंका ९९ औं स्थानमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १२ : ३७ बजे

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य