एन्फालाई एएफसीको जरिवाना | Khabarhub Khabarhub

एन्फालाई एएफसीको जरिवाना


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको हो ।

एएफसीका अनुसार क्लब ‘लाईसेन्सिङ’ नियमावलीभन्दा बाहिर रहेर क्लबहरुलाई लाइसेन्स वितरण गरेको जनाएको छ ।

फिफाले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली शुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो ।

एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार जरिवाना गरेको हो । एएफसीले सोही गल्ती पुन: दोहोर्‍याए दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फा दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : ०१ बजे

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी