अन्तिम श्रद्धाञ्जली शुरु हुँदै गर्दा भावविह्वल बन्यो टुँडिखेल | Khabarhub Khabarhub

अन्तिम श्रद्धाञ्जली शुरु हुँदै गर्दा भावविह्वल बन्यो टुँडिखेल


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा पुर्‍याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव टुँडिखेलमा पुर्‍याइएको हो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएकालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा मञ्च बनाइएको छ ।

भावविह्वल आफन्त

हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव बिहीबार काठमाडौं ल्याइएको थियो । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको हो । शुक्रवार विहान ११ बजेसम्म शव टुँडिखेलमा राखिने जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शव पुग्दा टुँडिखेलमा मृतकका आफन्तको रुवाबासी चलेको छ । टुँडिखेलमा पुगेका धेरैजसो भावविह्वल मुद्रामा देखिन्छन् ।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सत्तारुढ दल नेकपाका नेतादेखि कार्यकर्ता टुँडिखेलमा उपस्थित छन् । निधन भएका सातै जनालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २९ बजे

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

चितवन– तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ

संरक्षणको पर्खाइमा ‘चुदारा’ पेसा

भोजपुर– भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत ‘चुदारा पेसा’

जेनजी आन्दोलन र अबको राजनीतिक बाटो

जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा