आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै « Khabarhub

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो हावा चल्नेछ।

अहिले भने कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु लागेको छ भने पहाड र हिमाली भागमा मौसम सफा छ।

महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भए पनि आज बाँकी पहाड र हिमालमा मौसम सफा रहनेछ। तराईमा बिहीबार रातिसम्म नै हुस्सु तथा कुहिरोको प्रभाव रहनेछ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : ०१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री