भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारले बोलिभेरियन गणराज्य भेनेजुएलामा अमेरिकी आक्रमणणपछि विकसित घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गर्दै भेनेजुएलामा भएको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।

नेपाल सरकारले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम् संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ ।

‘नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ’, परराष्ट्रले भनेको छ।

नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने आफ्नो धारणा पनि सूचनामा उल्लेख गरेको छ ।

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ३४ बजे

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा